विश्व खेलकुद दिवसको अवसरमा केपिकेएसमा खेलकुद

Published on 02 July, 2019

विश्व खेलकुद दिवसको अवसरमा केपिकेएसमा खेलकुद
काठमाडौं/१६ असार– काठमाण्डौं प्रज्ञा कुञ्ज स्कुलमा ( केपिकेएस) विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै विश्व खेलकुद दिवस मनाएको छ । काठमाडौंको संगमचोकमा रहेको विद्यालयले यस दिनको अवसरमा फुटसल, बास्केटबल, टेबलटेनिस, कबड्डी, बुद्धिचाल, खोखो र बागचाल जसता खेलकुद आयोजना गरेको थियो । त्यसैगरी फुटबलमा छात्र जुनियर तर्फ निलो सदनले स्वर्ण जित्यो भने सिनियरमा रातो सदनले जित हात पारेको हो । बास्केटबलमा छात्रा तर्फबाट निलो सदनले खेल जितेको छ भने छात्र तर्फबाट रातो सदन च्याम्पियन बन्यो । खेलमा स–साना बालबालिकालाई पनि सहभागिता गराउने उद्देश्यले मनोञ्जन दौडको रुपमा रिङ दौड र अन्य स्थानीय खेलकरुको पनि आयोजना गरिएको आयोजक स्कुलका खेलकुद प्रमुख श्याम तामाङले बताए । यस विद्यालयले प्रारम्भिक कक्षादेखि नै खेलकुदलाई आफ्नो पाठ्यक्रममा समाबेश गरेको र कक्षा १० सम्म अनिवार्य गरेको छ । एक दिने प्रतियोगिताका बिजेता खेलाडीलाई काठमाण्डौं जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धुर्व प्रसाद न्यौपाने, स्कुलकी निर्देशक एवं प्रिन्सिपल सुनिता पौडेल लगायतले पुरस्कृत गरेका थिए । (http://www.educationnewsnepal.com/?p=16712)