बेलारुसमा ‘हिरोज् डोन्ट कम’

Published on 18 June, 2019

बेलारुसमा ‘हिरोज् डोन्ट कम’
काठमाडाैँ – बेलारुसमा ‘हिरोज् डोन्ट कम’ स्कुल थिएटर नेपालको ‘लालाबाला’ समूहका पहिलो र दोस्रो ब्याचका कलाकारहरुसहित ‘Soligorsk Children’s-Art-School’ ले आयोजना गरेको अन्तर्राष्ट्रिय बाल नाटक महोत्सवमा भाग लिन युरोपको बेलारुस पुगेका छन्। ४० वटाभन्दा बढी समूहहरुले विभिन्न देशहरुबाट सहभागी छन् । काठमाण्डू प्रज्ञा कुञ्ज स्कुलको आयोजनामा ब्राइट फ्युचर स्कुल र पायोनियर स्कुलबाट समेत “लालाबाला”हरू युरोप भ्रमणमा पुगेका हुन् । रङ्गकर्मी तथा नाटक प्रशिक्षक प्रकेश सिन्धुलीयको लेखन र निर्देशनमा रहेको नाटक ‘Heroes Don’t Come’ शुक्रबार ‘Soligorsk Children’s Arts School’ को सुविधासम्पन्न भरिभराउ मञ्चमा युरोपभरिबाट जम्मा भएका दिग्गज कलाकार, लेखक र निर्देशकहरूमाझ प्रदर्शन भएको थियो। अपेक्षाभन्दा बढी सफल र राम्रो तथा प्रतिकृया पाएकोमा निर्देशक सिन्धुलीय मख्ख देखिन्थे। उनले आफ्नो फेसबुकमा खुसी व्यक्त गरेका छन्। “घरबाट यति टाढा आएर पनि दिग्गज अन्तराष्ट्रिय कलाकार, निर्देशक र हाउसफूल दर्शकहरुको लामो ताली र प्रशंसाको पात्र बन्नु सजिलो छँदै छैन। “लालाबाला” हरुले जादु नै गरे भनेर बुझ्नूस्।” त्यस्तै, लालाबाला टोलीको नेतृत्व गरिरहेका रंगकर्मी टंक चौलागाईँले बताए, ‘यत्तिको डिटेल्समा यहाँका दर्शकले बुझ्लान् भन्ने सोचेकै थिएनौँ, एक एक डायलग्समा दर्शकको रियाक्सन आउन थालेपछि हाम्रो खुसीको सिमै रहेन।’ लालाबाला समूहको यो दोस्रो युरोप यात्रा हो। यसअघि यसै वर्ष प्रकेश सिन्धुलीयकै निर्देशनको सोही नाटक पोल्याण्डको गोलेनियोमा ‘द ह्युमन मोजाइक’ थिएटर फेस्टिभलमा मञ्चन गरिएको थियो । दुबै पटकको युरोप भ्रमण काठमाण्डू प्रज्ञा कुञ्ज स्कुलले आयाेजना गरेको हो र स्कुल थिएटर नेपालको तर्फबाट टंक चौलागाईँले संयोजन र नेतृत्व गरेका हुन्। यस पटकको बेलारुस भ्रमणमा रहेको लालाबाला टोलीमा कलाकारहरु अभिनित चौलागाईँ, प्रशान्त हुमागाईँ, शुभेच्छा तिमल्सिना, अंचित ढुङ्गाना, उदिती मण्डल, सम्पन्न दाहाल, आरुस राना, आरेन नेपाल, अविरल काफ्ले, अद्वैत थापा, राज्यरोहण लम्सालको साथमा शिक्षिका बालिका घिमिरे, स्कुल थिएटर नेपालका प्रेजिडेन्ट डाइरेक्टर टंक चौलागाईँ र निर्देशक प्रकेश सिन्धुलीय रहेका छन्! टोली मंगलबार नेपाल फर्किने र वैशाखदेखि नै लालाबालाको नयाँ कक्षा सुरु गर्ने तयारीमा रहेको छ। http://nepalipublic.com/archives/30784?fbclid=IwAR2eVzvczG0yByL3pvnDkoY1dW0e7fLyjAuklQG0MpRHUYfJlFutdaIOGXQ#.XQhhd9L7Tcd